विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह डीको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ।
अमेरिकाको लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले हराएको हो।
अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए।
स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो।
त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए।
त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।

खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।
यस जितसँगै समूह डीमा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ। समूह डीमा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन्।
यसअघि शुक्रबार राति भएको खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी गरेका छन्।
Shares

प्रतिक्रिया