नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकताका लागि वार्ता गरिरहेको दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई एकतामा नजाने भएका छन्।
उनी एकताका लागि तयार नभएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले नेकपामा समाहित हुने घोषणा गरेका छन्। उनीहरू सबै जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुन्।
त्यस्तै रणध्वज लिम्बु (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजु रहेका छन्।
नेकपामा समाहित हुने निर्णय गरेका श्रेष्ठले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसाल्न अध्यक्ष अशोक राई इच्छुक नदेखिएपछि आफूूहरुले अलग बाटो रोजेको बताए।
‘उहाँले बैठक बस्न रुचि नदेखाएपछि हामीले आत्म निर्णय गरेर एकतामा जाने निर्णय गरेका छौँ,’ उनले नेपालखबरसँग भने, ‘केन्द्रीय सदस्यदेखि तलैसम्म ठूलो समूह हामीसँगै एकतामा जान्छ।’
श्रेष्ठले पछिल्लो पटक केन्द्रीय कार्यकारिणीको बैठक बस्दा १३ जना उपस्थित भएको र त्यसमध्य आधा आफूहरुसँगै जान तयार रहेको बताए।
उनीहरुले अब नेकपासँग औपचारिक सम्झौता गर्ने छन्। वार्ताबाट १० बुँदे सम्झौताको मस्यौदा तयार गरिएको थियो।

Shares

प्रतिक्रिया