राजनीति


उज्यालो नेपालले भन्यो: कुलमानकै उपस्थितिमा मंसिर १७ गते पार्टी घोषणा सभा हुन्छ

उज्यालो नेपालले भन्यो: कुलमानकै उपस्थितिमा मंसिर १७ गते पार्टी घोषणा सभा हुन्छ

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १३:५३, काठमाडौँ

उज्यालो नेपाल पार्टीले ऊर्जामन्त्री कुलमान घिसिङकै उपस्थितिमा आगामी मंसिर १७ गते घोषणा सभा आयोजना हुने जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर उक्त पार्टीले मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमामा घोषणा सभा आयोजना तय भएको बताइएको हो।  

सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ। पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ।

‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ,' आज जारी विज्ञप्तिमा भनिएको छ, 'आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ।’

उज्यालो नेपाल पार्टी, समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ। जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन हार्दिक आह्वान गरेको छ।

चुनावको मुखमा मात्रै पार्टीमा क्रियाशील हुने भनिएका कुलमान मंसिर १७ मै पार्टीमा आधिकारिक रुपमा खुल्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad