राजनीति


अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य भएको छैन : सञ्चारमन्त्री खरेल

अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य भएको छैन : सञ्चारमन्त्री खरेल

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १२:३०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथि विभेद अझै कायम रहेको स्पष्ट रूपमा स्वीकार गरेका छन्। 

अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले गणतन्त्रपछि पनि वास्तविक परिवर्तन महसुस नहुनु राज्यका संयन्त्रहरूको कमजोरी भएको बताए।

मन्त्री खरेलका अनुसार देशको कुल जनसङ्ख्यामा करिब २.५ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्, जस मध्ये डेढ लाखभन्दा बढी गम्भीर रुपमा अपाङ्गता भएका छन्। उनले उनीहरूको अवस्था अझै नाजुक रहेको उल्लेख गर्दै राज्यले आवश्यक सहयोग पुर्‍याउन नसकेकोमा चिन्ता व्यक्त गरे।

‘गणतन्त्रको नागरिक र सरकारका प्रवक्ता हुँदा पनि म स्वीकार गर्छु- जतिसुकै प्रयास गरे पनि अपाङ्गता भएका नागरिकमाथिको विभेद अन्त्य भएको छैन,’ खरेलले भने।

मन्त्री खरेलले अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवनमा प्रयोग गर्ने सामग्री स्थानीय तहमा सहजै उपलब्ध हुन नसकिएको उल्लेख गरे। साथै, सार्वजनिक संरचना र सेवाहरू अझै पनि अपाङ्गमैत्री नहुँदा उनीहरूले संघीयताको अनुभूति समेत गर्न नसकेको उहाँनको भनाइ थियो।

त्यस्तै सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म विकास गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले सरोकारवालाहरूबाट सुझाव दिन आग्रह गरे। अपाङ्गता भएका व्यक्तिहरूका समस्याप्रति सरकार गम्भीर रहेको दोहोर्‍याउँदै मन्त्री खरेलले आगामी दिनमा सुधारात्मक कदम अघि सार्ने आश्वासन दिए।

वर्तमान सरकारको प्रमुख लक्ष्य सुशासन स्थापना गर्ने र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउने रहेको मन्त्री खरेलले स्पष्ट गरे। सरकार यही उद्देश्यअनुसार काम अघि बढाइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad