राजनीति


नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रुपान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रुपान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १४:३२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन्। 

ललितपुर महानगरको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै पौडेलले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए। जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको उनको भनाइ थियो। 

नयाँ पुस्ताको चाहना सुशासन भएको राष्ट्रपति पौडेलले उल्लेख गरे। ‘लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने पद्धति हो,’ राष्ट्रपति पौडेलले भन, ‘नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तरण गर्नुपर्छ।’ 

उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगीन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad