राजनीति


सक्रिय राजतन्त्रमा सहमत छैनौँ : धवल शमशेर जबरा

सक्रिय राजतन्त्रमा सहमत छैनौँ : धवल शमशेर जबरा

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १४:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन्। 

राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै जबराले सक्रिय नभएर संवैधानिक राजतन्त्र आवश्यक भएको बताए। ‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन्। त्यो कुरासित हामी सहमत छैनौँ,’ महामन्त्री जबराले भने, ‘अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु।’

सक्रिय राजतन्त्रसँग सहमत नरहेको र नेपालमा संवैधानिक राजसंस्थाबारे पूर्व राजा ज्ञानेन्द्रसँग पनि कुराकानी भएको उनको भनाइ थियो। अब नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था राख्नुपर्ने उनको जिकिर थियो। 

‘नेपालीका छोराछोरीले देश चलाउने हो। अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ। यो विषयमा हामी स्पष्ट हुनुपर्छ,’ उनले भने। 

बरु हिन्दू राज्यका विषयमा चेनतना जगाउनुपर्ने उनको मत थियो। जबराले भने, ‘सनातन हिन्दू अधिराज्य कायम गर्ने यो सभा हो। यो चेतना जगाउने ठाउँ हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad