राजनीति


विद्या भण्डारीलाई अपशब्द प्रयोग गर्दै केपीले समग्र महिलाको अपमान गर्नुभयो, यस्तो नेतृत्व आवश्यक छैन : शाक्य

विद्या भण्डारीलाई अपशब्द प्रयोग गर्दै केपीले समग्र महिलाको अपमान गर्नुभयो, यस्तो नेतृत्व आवश्यक छैन : शाक्य

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १५:३२, काठमाडौँ

नेकपा एमालेकी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजन्य शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाएकी छिन्। 

आगामी महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै आक्रोश पोखेकी हुन्। ‘धामी, झाँक्री भनेको के हो?,’ उनको प्रश्न, ‘यस्तो अपमान गर्न पाइन्छ? सामान्य मान्छेलाई त गर्न पाइँदैन, अझ पूर्वराष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ।,’

एमाले अध्यक्ष ओलीले एक मिडियासँगको कुराकानीमा भण्डारीप्रति लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने’ भनेर प्रश्न गरेका थिए ।

शाक्यले नेतृत्वमा रहने मान्छेले यस्तो अभिव्यक्ति दिन नसुहाउने भए पनि ओलीले त्यही गरिरहेको र महिलाप्रतिको दृष्टिकोण नै खराब रहेको आरोप लगाइन्। ‘यो हद नेतृत्वलाई सुहाउँदैन, यो नेतृत्वले गर्न नै हुँदैन तर, गर्न हुन्छ, कसले गर्न हुन्छ?,’ उनले भनिन्, ‘केपी कमरेडले गर्न हुन्छ। किनभने उहाँको सोचै छैन। महिलाप्रति हेर्ने दृष्टिाकोण नै छैन। महिलालाई अपमान गरेको गर्‍यै छ।’

अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको भन्दै शाक्यले यस्ता शब्द प्रयोग गर्नु महिलाहरुको अपमान भएको बताइन। उनले यस्तो नेतृत्व आवश्यक नरहेको समेत टिप्पणी गरिन।

‘महिला हिंसाविरुद्धको अभियान चलिरहेको बेलामा यो शब्द प्रयोग गर्नु भनेको यो सबै महिलाको अपमान हो,’ उनको भनाइ छ, ‘यसका विरुद्धमा सशक्त आवाज उठाउनुपर्छ। यस्तो नेतृत्व अब आवश्यक होइन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad