राजनीति


चाैध सदस्यीय बन्यो मन्त्रिपरिषद्

चाैध सदस्यीय बन्यो मन्त्रिपरिषद्

तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १६:४०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ। शुक्रबार ४ जना मन्त्री थप भएका छन्। 

आज थपिएका मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ रहेका छन्। 

योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ। यद्यपि, उनले प्रधानमन्त्री बन्दा ११ जना भन्दा बढीको मन्त्रिपरिषद् नबनाउने बताएकी थिइन्। 

मन्त्रिपरिषद् बिस्तार भए पनि कार्कीसँग ३ मन्त्रालय रहेका छन्। उनले परराष्ट्र, रक्षा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिएकी छन्।

त्यस्तै अन्य ३ मन्त्रीले पनि एक भन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालका छन्। जसमा रामेशर खनाल, कुलमान घिसिङ र अनिलकुमार सिन्हा रहेका छन्। 

खनालसँग अथ र संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी छ। घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्। 

सिन्हाको काँधमा भने उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी ३ मन्त्रालयको जिम्मेवारी छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad