नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहहरु चुनावबाट नभाग्ने बताएका छन्।
शुक्रबार एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भयमुक्त वातावरणमा भए एमालेले बहुमत ल्याउने ल्याकत राख्ने भएकाले चुनावबाट नभाग्ने बताए।
‘डर, दवाव र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ ओलीले भने, ‘तर, अहिले चुनवा हुँदै छ र? होइन, चुनावको कुरा मात्रै हुँदै छ देशलाई अलमल्याउन। त्यसैले प्रतिनिधि सभा पुनस्थापित हुनुपर्छ।’
ओलीले अहिले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा राजनीतिक दलविरुद्ध नै सडयन्त्र गरिरहेको आरोप लगाए। ओलीले भने, ‘अहिले के भइरहेको छ? संवादको सट्टा निषेध, घृणा। मिडिया ट्रायल। विभिन्न प्रकारका हल्ला। विभिन्न प्रकारका राजनीतिक दल विरोधी सडयन्त्र।’
नेताहरुलाई स्थानहद गरेर कसरी चुनावको वातावरण बन्छ भन्ने प्रश्न गर्दै उनले शान्तिपूर्ण वातावरणमा चुनाव होस् भन्ने आफूहरुले चाहेको बताए।
‘प्रतिस्पर्धाको सट्टा धम्की, मुद्धा, नेताको राहदानी र स्थान हद,’ उनले भने, ‘यही हो चुनवाको वातावरण बनाएको? जनताले चाहेको कुरा स्पष्ट छ। लोकतन्त्र होस्। शान्तिपूर्ण वातावरणमा चुनाव होस्। हाम्रो भनाइ पनि यही हो।’
Shares

प्रतिक्रिया