राजनीति


ओलीको आह्वान- एक एमालेले अर्को एमालेसँग हात मिलाउँदा मात्रै हामी बलियो बन्छौँ (पूर्णपाठ)

ओलीको आह्वान- एक एमालेले अर्को एमालेसँग हात मिलाउँदा मात्रै हामी बलियो बन्छौँ (पूर्णपाठ)

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै देश बनाउने र देश जलाउनेबीचको संघर्ष निर्णायक चरणमा पुगेको बताए।

भक्तपुरमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ‘लोकतन्त्र अजेय छ र नेकपा (एमाले) अजम्बरी छ’ भन्ने स्पष्ट सन्देश दिए।

अध्यक्ष ओलीले तीन महिनाअघि देश युद्धभूमि जस्तै बनेको स्मरण गर्दै संविधान, लोकतन्त्र र राजनीतिक दलहरूलाई समाप्त पार्ने भाष्य निर्माण गर्ने प्रयास भएको उल्लेख गरे।

‘धुँवा, खरानी र निषेधका सबै प्रहार चिर्दै आज यहाँ देखिएको जनसागरले प्रमाणित गरेको छ- लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ,’ लिखित भाषणमा ओलीले भने।

उनले भदौ २३ र २४ का घटनालाई सामान्य असन्तुष्टि नभई राज्यका तीनै अंगमाथि गरिएको गम्भीर षड्यन्त्रको रूपमा व्याख्या गरे।

राष्ट्रपति भवनदेखि संसद, अदालत, सरकारी कार्यालय, पार्टी कार्यालय र निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटले मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलाई निशाना बनाइएको ओलीको आरोप थियो। ‘त्यो महाविनाश न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ,’ उनले भने, ‘त्यसको छानबिन होस्, दोषी पहिचान होस् र अपराधीले सजाय पाऊन्।’

अध्यक्ष ओलीले आफूले थप क्षति नहोस् भनेर राजीनामा दिएको उल्लेख गर्दै अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए। उनले प्रतिनिधिसभा तत्काल पुनःस्थापना गरी संविधान र लोकतन्त्रको बाटोमा देश फर्काउनुपर्ने माग दोहोर्‍याए।

युवा पुस्ताबारे बोल्दै ओलीले एमाले ‘जेनेरेशन-जेड विरोधी’ नभएको स्पष्ट पारे। प्रविधि, स्टार्टअप, सीप विकास, डिजिटल नेपाल र एआई नीतिलाई प्राथमिकता दिएको पार्टी कसरी युवाविरोधी हुन सक्छ भन्ने प्रश्न गर्दै उनले युवालाई भ्रममा नपर्न आग्रह गरे। ‘असहमति राख्नुस्, आलोचना गर्नुस्, तर लोकतन्त्र, संविधान र राजनीतिक स्थायित्व कमजोर पार्ने बाटोमा नजानुस्,’ उनले भने।

महाधिवेशनलाई एकता र लोकतान्त्रिक अभ्यासको उदाहरण बनाउने आह्वान गर्दै अध्यक्ष ओलीले एमालेको शक्ति एकतामा रहेको उल्लेख गरे। ‘एघार भनेको एउटै दिशामा उभिएका ‘एक-एक’ हो,’ उनले भने, ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउँदा मात्रै हामी बलियो एघार बन्छौँ।’

उनले सबै राजनीतिक दल, नागरिक समाज, मिडिया र जनसमुदायलाई संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षा गर्न सहकार्यका साथ अघि बढ्न आह्वान गरे। 

यस्तो छ ओलीको पूर्ण भाषण :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad