राजनीति


नेतृत्व चयनका लागि भोलिबाट एमालेको बन्दसत्र, भृकुटीमण्डपमा तयारी तीव्र

नेतृत्व चयनका लागि भोलिबाट एमालेको बन्दसत्र, भृकुटीमण्डपमा तयारी तीव्र

नेपालखबर
मंसिर २७, २०८२ शनिबार २०:२६, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन आज भक्तपुरको सल्लाघारीमा भयो। उद्घाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै विशेष सम्बोधन गरेका थिए।

त्यस्तै अन्य दलका नेताहरू पनि त्यहाँ पुगेर शुभकामना दिएका थिए। नेपाली कांग्रेसका कार्यवाहाक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टीका देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले शुभकामना दिएका थिए।

उद्घाटन समारोह सकिएसँगै एमालेले भोलिदेखि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन गर्ने छ। आजैदेखि बन्दसत्र स्थलको तयारी समेत भएको छ। भोलि बिहान ८ बजेदेखि बन्दसत्र सञ्चालन हुने छ।

बन्द सत्रमा एमालेले विगतका अभ्यासहरुभन्दा फरक अभ्यास गरेको छ। 

एमालेको सिंगो सचिवालयले अध्यक्ष मण्डलको काम गर्ने छ। बन्दसत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि सचिवालयले नै आवश्यक कार्यक्रमहरु तर्जुमा गर्ने उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ। 

यसअघि भदौमा भएको विधान महाधिवेशनमै राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भइसकेकाले बन्द सत्रमा कुनै नीतिगत प्रस्ताव पेस हुने छैनन्। विशुद्ध नेतृत्वको चयनमा बन्दसत्र केन्द्रित हुने एमाले नेताहरुले बताएका छन्। 

महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावहरू तयारीका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्वमा एउटा समिति बनाइएको छ। त्यस्तै त्यहाँ भएका निर्णयहरुलाई माईन्युनिटिङ गर्नको लागि अर्का उपमहासचिव पृथ्बीसुब्बा गुरुङको संयोजकत्वमा माइन्युनिटिङ गर्ने समिति बनाइएको छ। 

नेतृत्व चयनका लागि विद्युतिय मतदानको व्यवस्था गरिएको छ। गत भदौमा सम्पन्न भएको दोस्रो राष्ट्रिय विधान महाधिवेशनले पारित गरेको विधान अनुसार नै नेतृत्वको चयन हुने छ।

१५ सदस्यीय पदाधिकारी र  २५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने छ।

अध्यक्षमा अध्यक्ष केपी शर्मा ओली नै तेहरिन चाहेका छन् भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन्। 

अध्यक्षमा सहमति बन्ने सम्भावना कम भएकाले ओली र पोखरेलको नेतृत्वमा छुट्टाछुटै प्यानल बन्ने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad