राजनीति


दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो समिति

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो समिति

सञ्चार मन्त्री जगदीश खरेल र दुर्गा प्रसाईं।


नेपालखबर
मंसिर २८, २०८२ आइतबार १९:२, काठमाडौँ

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। 

महाअभियानसँग वार्ता गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको छ। समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्। 

वार्ता समिति गठन गरिएको विषयमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रसाईंलाई पनि पत्र पठाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पठाएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ। 

यसअघि सरकारले प्रसाईंसँग मंसिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेको थियो। प्रसाईंले राखेका मागबारे छलफल गर्न पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो। त्यो बैठक अघि सरकारले वार्ता समिति गठन गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad