नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र प्रश्न गर्नु चेतनाको संकेत भएको बताएका छन्।
पार्टीको एघारौँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रका बीच सोमबार बिहान पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्।
'पार्टीभित्र प्रश्न गर्न पाउनु कमजोरी होइन, चेतनाको संकेत हो। नेतृत्व पुस्तान्तरण भनेको टकराब होइन, उत्तरदायित्वको हस्तान्तरण हो', उनले लेखेका छन्।
पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय समिति सदस्य संख्या बढाउने गरी ३ महिनामै पार्टीको विधान उल्ट्याउने निर्णय गराएपछि मनपरीतन्त्र भन्दै विरोध गरिरहेका छन्।
117
Shares

प्रतिक्रिया