समाज


सिकारको लागि जंगल गएका साथीको भरुवा बन्दुकबाट छुट्यो गोली, पछि हिँड्नेको मृत्यु

सिकारको लागि जंगल गएका साथीको भरुवा बन्दुकबाट छुट्यो गोली, पछि हिँड्नेको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८२ सोमबार ८:५२, हेटाैँडा

मकवानपुरमा सिकार गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। 

मनहरी गाउँपालिका–६ सिस्नेरी पखेरा जंगलमा सिकार गर्न गएका एक पुरुषको भरुवा बन्दुक पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मकवानपुर प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर राक्सिराङ गाउँपालिका–८ राजराङ बस्ने ४५ वर्षीय गोपाल ब्लोन र मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङ बस्ने ५० वर्षीय सेते थिङ सिकारका लागि जंगलतर्फ गएका थिए। 

गोपाल ब्लोन अगाडि–अगाडि र सेते थिङ पछाडि–पछाडि हिँडिरहेको थिए। सो क्रममा गोपाल लहरामा अल्झिएर लड्दा उनले बोकेको भरुवा बन्दुक अचानक पड्किएको थियो। 

त्यसबाट निस्किएको गोलीले पछाडि हिँडिरहेका सेते थिङलाई लागेको प्रहरीले जनाएको छ। गोली लागेपछि सेतेको घटनास्थलमै मृत्यु भएको हो।

सँगै सिकार गर्न गएका साथीको आफ्नै हातमा रहेको बन्दुक पड्कँदा मृत्यु भएको सूचना गोपालले हिजै साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय मनहरीमा दिएका थिए। 

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको छ।

प्रहरीका अनुसार घटनामा प्रयोग भएका दुवै भरुवा बन्दुक घटनास्थलमै फेला परेका छन्। गोपाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad