नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ९०४ मत खसेको छ। मतदान बिहान ९ बजेदेखि सुरु भएको थियो।
एमालेमा कुल २ हजार २६३ प्रतिनिधि रहेका छन् र एक प्रतिनिधिले औसत ३० मिनेटभन्दा बढी समय मतदान गर्न लाग्ने बताइएको छ।
साँझ ८ बजेभित्र मतदानस्थलमा पुग्ने प्रतिनिधिहरूले मतदान गर्न पाउनेछन्।
महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग-अलग प्यानल रहेका छन्।
213
Shares

प्रतिक्रिया