राजनीति


जेलबाट छुटे लगत्तै रवि चितवन जाने, चौबिसकोटीमा विशेष सम्बोधन

जेलबाट छुटे लगत्तै रवि चितवन जाने, चौबिसकोटीमा विशेष सम्बोधन

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १२:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जेलबाट छुटे लगत्तै चितवन जाने भएका छन् भने शनिबार चौबिसकोटीमा विशेष सम्बोधन गर्ने भएका छन्। 

उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार बिहान रुपन्देही जाँदै छन्। उनी जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुनेछन्। 

धरौटी राख्ने रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले आजै छुट्ने जनाइएको छ। जेलबाट छुटेपछि सिधैं चितवन जाने कार्यक्रम रहेको लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए। 

शनिबार चितवनको चौबिसकोटीमा कार्यक्रम राखिएको छ। लामिछानेले कार्यक्रमलाई विशेष सम्बोधन गर्ने न्यौपानेले बताए। 

त्यसपछि मात्रै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनले जानकारी दिए। समय भएमा शनिबार र नत्र आइतबार मात्रै काठमाडौँ फर्किने न्यौपानेको भनाइ छ। 

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त गर्न उच्च अदालतमा निवेदन दिएका थिए। त्यसमा सुनुवाइ गर्दै उच्च अदालतको बुटवल इजलासले धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको हो। 

अब आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएपछि रिहा हुने अदालतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad