सचिव पदमा पराजित भएका एमाले नेता गोकुल बास्कोटाले आफ्नो भूमिका अब पार्टीमा कमजोर बनेको प्रतिक्रिया दिएका छन्।
एमाले ११ औँ महाधिवेशनमा बास्कोटा ईश्वर पोखरेल प्यानबाट सचिव पदका उम्मेदवार थिए। तर, एमालेको विधानअनुसार विजयी हुने नौजना सचिवभित्र उनी परेनन्। २० जना सचिवका उम्मेदवारमा उनी १० नम्बरमा परे।
सचिवमा पराजित भए पनि बास्कोटा एमाले केन्द्रीय सदस्यमा भने विजयी भएका छन्।
सचिवमा पराजित भएसँगै उनले फेसबुकमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिँदै लेखेका छन्, ‘भनेकै थिएँ– जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप?’

594
Shares

प्रतिक्रिया