नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्ज पुगेका छन्।
सोमबार महासचिव शंकर पोखरेललाई सँगै लिएर ओली देउवा निवास महाराजगञ्ज पुगेका हुन्। दुवै नेताबीच भेटवार्ता भइरहेको छ।
अध्यक्ष निर्वाचित भएपछि उनी देउवालाई भेट्न पुगेका हुन्। ओली महाराजगञ्ज पुगेको यो दोस्रो पटक हो।
यसअघि मंसिर १९ मा देउवालाई भेट्ने ओली महाराजगञ्ज पुगेका थिए। सिंगारपुरबाट उपचार गरेर फर्केका देउवा दम्पत्तिलाई भेट्न पत्नी राधिका शाक्यलाई पनि सँगै लगेर गएका थिए। त्यतिवेला पारिवारिक भेटघाट भनिएको थियो।
168
Shares

प्रतिक्रिया