राजनीति


प्रधानमन्त्रीलाई एमालेले भन्यो- फागुन २१ मा चुनाव हुन्छ भन्नेमा विश्वस्त छैनौँ

प्रधानमन्त्रीलाई एमालेले भन्यो- फागुन २१ मा चुनाव हुन्छ भन्नेमा विश्वस्त छैनौँ

नेपालखबर
पुस ७, २०८२ सोमबार १६:४८, काठमाडौँ

नेकपा (एमाले) ले सरकारले आगामी फागुन २१ गते निर्वाचन हुने विषयमा विश्वसनीय आधार प्रस्तुत गर्न नसकेको बताएको छ। 

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमाले सचिव महेश बस्नेतले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको धारणा राखे।

सचिव बस्नेतले दलका नेतामाथि स्थानहद लगाइएको र निष्पक्ष तथा भयरहित वातावरण सिर्जना गर्न सरकार केन्द्रित नभएको आरोप लगाए। ‘निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित हुनुपर्छ,’ बस्नेतले भने, ‘तर अहिले पनि दलका नेतामाथि स्थानहद लगाइएको छ। त्यसैले फागुन २१ मा चुनाव हुन्छ भन्नेमा हामी विश्वस्त छैनौँ।’

उनले ‘नो भोट’ को व्यवस्था सम्बन्धमा पनि छलफल भइरहेको उल्लेख गर्दै यदि तोकिएको मितिमा निर्वाचन नभए संसद पुनःस्थापना हुने कि नहुने भन्ने विषयमा अन्योल रहेको बताए। साथै सरकारले लोकतान्त्रिक पद्धति मिच्दै अध्यादेश जारी गरिरहेको आरोप पनि लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad