जेनजी आन्दोलनका माग पूरा नभएको आरोप लगाउँदै मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ।
सरकार जेनजी विद्रोहको भावना अनुसार अघि नबढेको भन्दै समूहले काठमाडौँको माईतीघर मण्डलामा विरोध प्रदर्शन जारी राखेको हो।
यसअघि सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगानासहित केहीलाई नियन्त्रणमा लिएको थियो।
प्रदर्शनकारीहरूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्।
आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन्।

Shares

प्रतिक्रिया