राजनीति


सातदोबाटोमा जेनजी सहिद स्मृति पार्क बनाउने राखेपको निर्णय

सातदोबाटोमा जेनजी सहिद स्मृति पार्क बनाउने राखेपको निर्णय

नेपालखबर
पुस ९, २०८२ बुधबार १६:५०, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सातदोबाटोमा जेनजी सहिद स्मृति पार्क बनाउने निर्णय गरेको छ। 

राखेपका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षमा बुधबार बसेको बैठकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्मृति पार्क बनाउने निर्णय गरेको हो। बैठकले त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने पनि निर्णाय गरेको छ।

यस्तै, राखेको १२४औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ। बैठकले दशौँ राष्ट्रिय खेलकुद र प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरि सिफारिश गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ। 

यससँगै सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने पनि बैठकले निर्णय गरेको छ। बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य-सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad