राजनीति


रेणु दाहाल चितवन-३ बाट उम्मेदवार सिफारिश

रेणु दाहाल चितवन-३ बाट उम्मेदवार सिफारिश

नेपालखबर
पुस १०, २०८२ बिहिबार १६:४३, काठमाडौँ

भरतपुर महानगरकी मेयर रेणु दाहाल चितवन-३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवार सिफारिश भएकी छन्। 

नेकपाको बिहीबार बसेको क्षेत्र नं. ३ को बैठकले दाहाललाई उम्मेदवार सिफारिश गरेको हो। यो क्षेत्रबाट उनको एकल सिफारिश गरिएको छ। 
भरतपुर महानगर रहेको यो क्षेत्रबाट गत निर्वाचनमा राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए। उनले ३५ हजार ६० मत पाएका थिए। 

दोस्रो नम्बरमा रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र)का भोजराज अधिकारीले २५ हजार ८२४ मत पाएका थिए। तेस्रो नम्बरमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार जिता बरालले १४ हजार ८४३ मत पाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad