राजनीति


जेनजी आन्दोलनको बलिदान प्राथमिकतामा राख्नेलाई मात्र हामी स्वीकार्ने छौँ : सुदन गुरुङ

जेनजी आन्दोलनको बलिदान प्राथमिकतामा राख्नेलाई मात्र हामी स्वीकार्ने छौँ : सुदन गुरुङ

नेपालखबर
पुस १२, २०८२ शनिबार १५:२७, काठमाडौँ

जेनजी प्रतिनिधि सुदन गुरुङले आफूहरू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताएका छन्।

शनिबार फेसबुकमा लेख्दै गुरुङले सत्ताको पद वा व्यक्तिगत प्रसिद्धिले आफूहरूलाई आकर्षित नगर्ने उल्लेख गर्दै भनेका छन्, ‘हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना देख्नेहरूले जेनजको जनादेश सम्झनुपर्छ।’

उनका अनुसार जेनजीले साहसी युवालाई नेतृत्व र सम्मानजनक स्थान दिनुका साथै सहिद र घाइतेको बलिदानलाई प्राथमिकतामा राख्ने राजनीतिक शक्तिलाई मात्र स्वीकार गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad