नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको एकताले चुनौति बढेको टिप्पणी गरेका छन्।
रवि र बालेनबीच एकताको सहमति भएपछि रामाजिक सञ्जालमा उनले चुनौति बढेको टिप्पणी गरेका हुन्।
‘बाह्यय चुनौति बडिरहेको छ। जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक एकता बलियो बनाऔँ। राष्ट्र र जनताका एजेण्डा बोकौँ। बिगतका कमजोरीप्रति आत्मालोचित होऔँ। विनम्र बनौँ। कार्यशैली सुधार गरौँ।’
भट्टराई एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली इतरको खेमाबाट उपमहासचिवमा विजयी भएका नेता हुन्।
जेनजी आन्दोलनपछि उनले एमालेको अबको नेतृत्व केपी ओलीबाट हुन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए। ओलीले आफ्ना कमिकमजोरीप्रति क्षमायाचना नगरेको भन्दै उनले ओलीको तीव्र आलोचना गर्दै आएका छन्।

Shares

प्रतिक्रिया