राजनीति


सबै वैकल्पिक शक्तिसँग सम्मानजनक सहकार्य गर्न तयार छौँ : कुलमान घिसिङ

सबै वैकल्पिक शक्तिसँग सम्मानजनक सहकार्य गर्न तयार छौँ : कुलमान घिसिङ

नेपालखबर
पुस १३, २०८२ आइतबार १२:६, काठमाडौँ

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक रुपमा सहकार्य गरेर जान तयार रहेको बताएका छन्। 

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सहकार्य गर्दा सबैको सम्मानजनक सहकार्य र उपस्थिति हुनुपर्ने बताए। ‘उज्यालो नेपाल पार्टी सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ। सहकार्य गरेरै अगाडि बढ्ने हो,’ घिसिङले भने। 

वैकल्पिक शक्तिसँग सहकार्य गर्ने विषयमा कुराकानी भइरहेको उनले बताए। ‘वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकभर एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ’, घिसिङले भने। 

यसका लागि सबै शक्तिलाई सहकार्य गर्न उनले आग्रह पनि गरे। घिसिङले भने, ‘नयाँ र मेनस्ट्रिम फोर्स एक भएर जानलाई पनि म आह्वान गर्छु।’

जनताले पनि वैकल्पिक शक्ति एक भएर गएको हेर्न चाहेको उनको भनाइ थियो। ‘आजका दिनमा नेपाली जनताले पनि वैकल्पिक शक्ति एक होस, नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ। यसलाई हामी सबैले बुझेर अगाडि बढ्नुपर्नेछ,’ उनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने र काठमाडौँका मेयर बालेन साहबीच आइतबार बिहान मिलेर जाने सहमति बनेको छ। गत एक सातादेखि सहमतिका लागि भएका विभिन्न वार्तामा घिसिङ पनि सहभागी थिए। तर अन्तिम समयमा घिसिङविना नै लामिछाने र साहले सहमति गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad