राजनीति


बालेन बने रास्वपाको वरिष्ठ नेता, यी २६ जनालाई बनाए केन्द्रीय सदस्य

बालेन बने रास्वपाको वरिष्ठ नेता, यी २६ जनालाई बनाए केन्द्रीय सदस्य

नेपालखबर
पुस २०, २०८२ आइतबार १९:५९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बनेका छन्। 

आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए। यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँको मेयर बनेका उनी अब दलीय राजनीतिमा सहभागी भएका छन्।

बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए। 

रास्वपा प्रवक्ता झाका अनुसार, केन्द्रीय समिति बैठकले बालेनसँगै २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ। रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउनेछन्। 

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो। त्यही सहमतिका आधारमा आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो। 

आज मनोनित भएका केन्द्रीय सदस्यमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउँद रहेका छन्।

उनीहरूलाई केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानले पद तथा गोपनीयताको शपथ खुवाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad