राजनीति


प्रचण्ड लगत्तै आरजु राणा पनि दिल्ली प्रस्थान

प्रचण्ड लगत्तै आरजु राणा पनि दिल्ली प्रस्थान

नेपालखबर
पुस २१, २०८२ सोमबार १४:५९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्किँदै छन् भने नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्। 

भारतको दिल्लीमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’का लागि प्रचण्ड आइतबार दिल्ली प्रस्थान गरेका थिए। उनले आज दिउँसो सभालाई सम्बोधन गरेका छन्।

भारत भ्रमणका क्रममा प्रचण्डले आइतबार साँझ भारतका राष्ट्रिय सुरक्षा सुल्लाहकार अजीत डोभलसँग भेटवार्ता गरेका थिए। सोमबार बिहान पनि सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्। उनी आज साँझ स्वदेश फर्किँदै छन्। 

त्यस्तै, कांग्रेस नेत्री आरजु राणा सोमबार अपराह्न २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेकी छन्। उनको भारत भ्रमणका विषयमा खुलाइएको छैन। उनले सुरक्षा अधिकारी र राजनीति नेतृत्वसँग भेटवार्ता गर्न सक्ने जनाइएको छ। 

यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी पनि दिल्ली गएका थिए। उनी उपचारका लागि दिल्ली गएका हुन्।

त्यस्तै, गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि दिल्ली पुगेका थिए। भट्टराईले सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad