नेकपा (एमाले) का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मीको क्षेत्र नं २ बाट एकल रुपमा सफिारिस भएका छन्।
एमाले निर्वाचन क्षेत्र नं २ क्षेत्रीय समितिको बैठकले विष्टको नाम एकल रुपमा सिफारिस गरेको हो।
सो क्षेत्र नेता विष्टले २०७९ को निर्वाचन जितेको क्षेत्र हो।
त्यहाँबाट यसअघि नेकपा (एकीकृत समाजवादी) मा रहँदा रामकुमारी झाँक्री कांग्रेस–माओवादीसहितको गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएकी थिइन्।
एकीकृत समाजवादीले माओवादीसँग एकता गरेपछि झाँक्री हाल एमालेमै फर्किएकी छन्। उनी एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।
यस्तै, गुल्मीको क्षेत्र नं १ बाट नेता प्रदीप ज्ञवाली निर्वाचन लड्दै आएका छन्।
87
Shares

प्रतिक्रिया