नेपाली कांग्रेसको संस्थापन पक्षले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएका हुन्।
कांग्रेस संस्थापन पक्षले शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो।
हाललाई पत्रकार सम्मेलन स्थगित गरिएको पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्ष रुष्ट बनेको छ।
कांग्रेसको संस्थापन इतर पक्षले यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डल विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन्।
संस्थापन पक्षले विशेष महाधिवेश फिर्ता लिन आग्रह गरे पनि थापा र शर्मा पक्षले अस्वीकार गरेका छन्।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका हुन्।
Shares

प्रतिक्रिया