राजनीति


कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्छ: शुक्रराज शर्मा

कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्छ: शुक्रराज शर्मा

नेपालखबर
पुस २७, २०८२ आइतबार १६:३२, काठमाडौँ

नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले अब कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्ने बताएका छन्। 

आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफ्नो नीति छोड्दा समस्या भएको बताए। ‘कांग्रेसले आफ्नो नीति छोडेका छौँ, कम्युनिस्टको नीति भित्र्याएका छौँ। त्यसैले हामी कमजोर भएका छौँ,’ शर्माले भने, ‘कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्ने भएको छ।’

बीपी कोइरालाको कांग्रेस बनाउनुपर्ने उनको भनाइ थियो। त्यसका कांग्रेसको पुरानो नीति अवलब्न गर्नुपर्नेमा उनले जोड दिए। ‘२०४७ सालको संविधानअनुसार, हिन्दूराज्य, संवैधानिक राजनतन्त्र राखौँ,’ शर्माले भने। 

विशेष महाधिवेशनले नीतिसँगै नेतृत्व पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। ‘नयाँ नेतृत्व निर्वाचित गरेर फर्केर जानुछ,’ उनले भने। 

उनी कांग्रेसको गण्डकी प्रदेशका सभापति हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad