नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन्। सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले यसबारे जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबारसम्म विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या २ हजार ६ सय ६२ रहेको र सोमबार ६.२४ प्रतिशतले बढेको बताए। उनले संस्थापन पक्ष विधानले नचिन्ने उल्लेख गर्दै पार्टीका नेताहरूलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे।
पोखरेलले भन्नुभयो, ‘हिजोको तुलनामा आज हाम्रो संख्या ६.२४ प्रतिशतले बढेको छ। हिजो २ हजार ६ सय ६२ जना हुनुहुन्थ्यो, अहिले ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसक्नुभएको छ। अझै पनि सहभागी हुने क्रम जारी छ। ६६ प्रतिशतको चर्चा भइरहेको छ, तर हामी ७० प्रतिशत पुर्याएर देखाइदिन्छौँ।’
Shares

प्रतिक्रिया