नेपालखबरका पूर्वसम्पादक रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकबाट प्रेस सल्लाहकारमा नियुक्त भएका छन्।
गत असोज २९ मा प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त रावललाई सोमबार (पुस २८ गते) बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्रीसरहको सुविधा दिने गरी प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री कार्कीको प्रेस संयोजक बन्नुअघि रावल २०८० असोज १ देखि २०८२ असोज २८ सम्म नेपालखबरका सम्पादक थिए।
बाजुरामा जन्मिएका रावलले त्यसअघि ग्यालेक्सी फोरके टेलिभिजनमा सम्पादक थिए। यसअघि उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत सञ्चारमाध्यममा विभिन्न भूमिकामा रहेर पत्रकारिता गरेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा पनि स्नातक हुन्।
Shares

प्रतिक्रिया