राजनीति


‘विधान अनुसारका माग सम्बोधन गर्न तयार छौँ, भृकुटीमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्’

‘विधान अनुसारका माग सम्बोधन गर्न तयार छौँ, भृकुटीमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्’

नेपालखबर
पुस २९, २०८२ मंगलबार १९:३२, काठमाडौँ

नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेपनि निष्कर्ष निस्कन नसकेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता साउदले यस्तो बताएका हुन्। उनले विशेष महाधिवेशनको कार्यतालिका स्थगित गरेर गगन–विश्व समूह समेत संवादमा सक्रिय रहेको दाबी गरे। उनले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानअनुरुपका मागहरू सम्बोधन गर्न पार्टी नेतृत्व तयार रहेको पनि बताए। 

उनले भने, ‘संवाद जारी छ। उहाँहरूले जे प्रस्ताव ल्याउनुभएको छ। हामी सकारात्मक प्रस्तावलाई सकारात्मक रुपमै लिएका छौँ। उहाँले पनि निर्वाचनको तालिका स्थगित गरेर आउनुभएको छ। पार्टी एकतालाई कायम गर्नको लागि सबै गम्भीर हुनुपर्छ। अहिले केन्द्रीय समिति बैठक  जारी छ। पार्टी विधानअनुसारका मागहरू सम्बोधन गर्न पार्टी नेतृत्व सकारात्मक छ। भृकुटीमण्डपबाट उहाँहरूले भेला स्थगित गरेर फर्किनुपर्छ।’

उनले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै उक्त भेला स्थगित गरेर फर्किन समेत आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad