राजनीति


कांग्रेस विवादबारे गगन थापाले भने- विशेष महाधिवेशनको हलभन्दा बाहिर कहीँ गएर टुंगिन्न

कांग्रेस विवादबारे गगन थापाले भने- विशेष महाधिवेशनको हलभन्दा बाहिर कहीँ गएर टुंगिन्न

नेपालखबर
पुस २९, २०८२ मंगलबार १९:३३, काठमाडौँ

नेपाली कांग्रेसमा देखिएको विवाद विशेष महाधिवेशनको हलभित्रै टुंग्याउनु पर्ने महामन्त्री गगन थापाले बताएका छन्। 

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो समसामयिक राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले सबै विषय हलभित्रै टुंग्याउनुपर्ने बताएका हुन्। पार्टीभित्रको विवाद भएकाले संवादलाई पनि जारी राखेको उनको भनाइ थियो। 

विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि विवाद समाधानका लागि छलफल जारी रहेको छ। सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका आठ नेताहरू वार्ता गर्दै आइरहेका छन्। उनीहरूले मंगलबार दिनभर दुई चरणमा वार्ता गरेका छन्। 

त्यसलाई लिएर महामन्त्री थापाले सकारात्मक प्रयास भए पनि सबै कुरा हलभित्र टुंग्याउनु पर्ने बताएका हुन्। ‘साथीहरूले पार्टीभित्रको कुरालाई अझै थप संवादबाट टुंग्याउने सकिन्छ कि भनेर संवाद पनि गरिराख्नु भएको छ। त्यो आफैमा आवश्यक पनि थियो। निरन्तर रुपमा गरिराख्नु भएको छ, अहिले पनि गरिराख्नु भएको छ,’ बन्दसत्रमा बोल्दै थापाले भने, ‘छलफल गरिराख्नु भएको छ, तर त्यो छलफलको कुरा यो हलभन्दा बाहिर कहिँ गएर टुंगिन्न।’

उनले दुवै पक्षबीच बाहिर जे जति छलफल भए पनि अन्तिममा हलकै निर्णय मान्य हुने बताए। ‘यो विशेष महाधिवेशन हो, यो विशेष महाधिवेशनको हलले ठीक छ यो निर्णय यसरी गर्छौँ भन्दा त्यो निर्णयलाई दुवै महामन्त्रीले शिरोधार्य गर्नुपर्छ। हलले अनुमोदन जे गर्छ, त्यो कुरालाई मान्ने हो,’ थापाले भने। 

महामन्त्री थापाले विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदन संशोधनसहित पारित भएको छ। त्यसअघि थापाले समूहगत छलफबाट आएका सुझाव अनुसार प्रतिवेदन संशोधन तथा परिर्माजन गर्ने प्रतिबद्धता जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad