राजनीति


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार अभावप्रति प्रधानमन्त्रीको चिन्ता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार अभावप्रति प्रधानमन्त्रीको चिन्ता

नेपालखबर
पुस ३०, २०८२ बुधबार १८:४०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताएकी छन्।

बुधबार सिंहदरबारमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

उनले जुम्लाजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान स्थापना हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएपनि आवश्यक संरचना नहुनु बिडम्वनापूर्ण भएको उल्लेख गरिन्। उनले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउन समेत सरकारलाई समस्या हुने गरेको बताइन्। 

उनले भनिन्, ‘जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्दाखेरी त्यहाँका स्थानीयलई केही न केही सुविधा त पुगेकै छ। सानो सानो उपचार गर्नको लागि पनि बाहिर जानुपर्थ्यो। अहिले त्यसको समाधान भएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास भइसकेपछि एउटै संस्थाले पनि त्यो क्षेत्रको विकासका लागि धेरै नै महत्व राख्छ। जुन योजना तयाइहरुले देखाउनुभएको छ।’

प्रधानमन्त्री कार्कीले नियमित काम गर्न खोज्दा विभिन्न अवरोधको सामना गर्नुपर्ने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले समेत काम गर्न कठिनाइ हुने गरेको बताइन्। 

उनले भनिन्, ‘दुभार्ग्यको कुरा के छ भने तपाईंहरूले जुन यसको विकासको निम्ति सानो सानो कुरा मागिरहनुभएको छ त्यहाँ होस्टेल छैन, स्टाफ र डाक्टरहरुका लागि समेत आवासको सुविधा छैन भन्नुभयो। हामीले यति सानो कुरा पनि पूरा गर्न सकिरहेका छैनौँ। फेरि यताको उता गर्न पनि नहुने रहेछ। नियमित काम गर्दैछु भन्दापनि अनेकौ बात लाग्छन् नि । कहिलेकाँही त अख्तियार पनि आइलाग्छ।’ 

उनले उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरी नागरिकको सेवामा लागिरहन समेत प्रतिष्ठान प्रशासनलाई निर्देशन दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad