राजनीति


सिन्धुपाल्चोकमा उम्मेदवारी दर्ता गर्दा एकै पोसाकमा नेकपा उम्मेदवारहरू

सिन्धुपाल्चोकमा उम्मेदवारी दर्ता गर्दा एकै पोसाकमा नेकपा उम्मेदवारहरू

नेपालखबर
माघ ६, २०८२ मंगलबार ११:२, काठमाडौँ

सिन्धुपाल्चोक जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको सन्देश दिँदै एकै प्रकारको परम्परागत पोसाक लगाएर उम्मेदवारी दर्ता गर्दै छन्। 

आउने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरिँदै छ। 

सिन्धुपाल्चोक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताका क्रममा नेकपा उम्मेदवारहरूले एकै प्रकारको पोसाक लगाएर निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। 

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा 'सुबोध', क्षेत्र नम्बर २ मा युवराज दुलाल 'शरद', तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले दौरा-सुरुवाल र साडी-चोलीमा सजिएर मनोनयन दर्ता गराउने छन्। 

उनीहरूले लगाएको पोसाकले नेपाली सांस्कृतिक पहिचानलाई जोड दिएको छ।

उनीहरूको गलामा मखमली फूलका माला लगाएर पृष्ठभूमिमा नेपाली राष्ट्रिय झण्डा र पार्टीका रातो झण्डा फहराएर सामूहिक तस्बिर खिचाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad