राजनीति


सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलले नै सघाए बागी उम्मेदवारलाई

सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलले नै सघाए बागी उम्मेदवारलाई

नेपालखबर
माघ ६, २०८२ मंगलबार २०:१०, काठमाडौँ

आगामी फागनु २१ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा उम्मेदवारी दिने विषयमा नेपाली कम्युनिस्ट पार्टीमा विवाद भएको छ। 

नेकपाले यो क्षेत्रमा यसअघिका सांसद समेत रहेका लेखनाथ (राजन)दाहाललाई टिकट दिएको थियो। त्यसै अनुसार उनले उम्मेदवारी दर्ता गराए। तर, सँगै नेकपाको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दियो।

महेश्वर दाहालले बागी उम्मेदवारी दिए। उनले कुनै समय नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा रहेर काम गरेका थिए।

महेश्वरले बागी उम्मेदवारी दिँदा त्यसलाई नेकपाका नेता हरिबोल गजुरेलले साथ दिएका छन्। उनी प्रस्तावक बनेपछि महेश्वरले उम्मेदवारी दिएका हुन्। 

यो क्षेत्रमा यसअघि गजुरेलले निरन्तर चुनाव जित्दै आएकोमा २०७९ को चुनावमा राजनलाई टिकट दिइएको थियो। 

त्यतिबेलादेखि नै हरिबोल उनीसँग असन्तुष्ट रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad