राजनीति


भारतमा रहेका नेपालीको तत्काल उद्धार गर्न मसालको आग्रह

भारतमा रहेका नेपालीको तत्काल उद्धार गर्न मसालको आग्रह

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १०:३१,

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले मजदुरीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली लकडाउनका कारण खान बस्न समस्यामा परेकोले तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ।

महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तप्य प्रकाशित गरी भारतको उत्तराखण्डस्थित हल्द्वानीको एक क्वारेन्टिनबाट १७ नेपालीलाई अपमानित ढंगले निकालिएको बताएका छन्। यस्तै, कैलालीसँग सिमाना जोडिएको पलियाको क्वारेन्टिनमा रहेका करिब दुई सय नेपालीहरुलाई पनि एक छाक मात्रै खाना दिइएको र त्यो पनि छिटै बन्द गर्ने कुरा गरिएको महामन्त्री सिंहको वत्तव्यमा उल्लेख छ।

‘यी दुवै एकाध प्रतिनिधि घटनाहरू मात्र हुन। नेपालीहरूले भारतका विभिन्न सहरहरूमा धेरैतिर त्यसप्रकारको स्थितिको सामना गर्नु परिरहेको छ’ सिंहले भनेका छन्।

धार्चुलाका नेपालीलाई नेपाल प्रवेश गर्न दिएकै दिन (वैशाख १८ गते) पलियाको क्वारेन्टिनमा बसेका दुईसय नेपालीहरूलाई नेपालमा फिर्ता ल्याउनको लागि सीमासम्म ल्याइएको थियो। तर केन्द्रको आदेश नभएको भनेर उनीहरूलाई पुनः पलियामा नै फर्काएर पठाइएको थियो।

नेकपा (मसाल) ले सरकारले हालै खाडी मुलुकहरुबाट नेपालीलाई फिर्ता ल्याउन सरकारले गरेको निर्णयको स्वागत गर्दै भारतस्थित नेपालीहरुबारे केही नबोलिएको भन्दै रोष प्रकट गरेको छ। भारतका विभिन्न शहरमा हजारौं नेपाली रोजगारी गुमाएर विजोग अवस्थामा रहेका भन्दै तत्काल उनीहरुको उद्धार गर्न मसालले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad