नेपालको सबैभन्दा बढी कोरोना संक्रमित देखिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा थप नमूना संकलन गर्न तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमा ५ सय, वीरगन्जमा १ हजार र नेपालगन्जमा १ हजार थपको नमूना संकलनका लागि टोली परिचालन भइसकेको जानकारी दिए।
प्रवक्ता देवकोटाले पीसीआर विधिवाट गरिएको परीक्षणको संख्या १४ हजार ५०९ र आरडीटी विधिबाट गरिएको परीक्षण ५४ हजार ९३ पुगेको जानकारी दिए।
उनले पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५१ जनको परीक्षण गरिएको जनाकारी दिए।
प्रवक्ता देवकोटाका अनुसार मुलुकभरका क्वारेन्टिमा अहिले १७ हजार ३७२ जना रहेको जानकारी दिए।
उनले उपत्यकामा ३ जान र उपत्यका बाहिर १३० गरी मुलुकभर १३३ जना आइसोलेसनमा रहेको जानकारी दिए।

प्रतिक्रिया