समाज


राति घरमै गएर २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप, २६ वर्षकै युवक पक्राउ

राति घरमै गएर २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप, २६ वर्षकै युवक पक्राउ

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १४:१२, काठमाडौँ

अढाई महिनाअघि सोलुखुम्बुमा भएको एउटा बलात्कार घटनाका आरोपी युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नेचासल्यान गाउँपालिका २ सल्यान चौतारा बस्ने २६ वर्षीय दिनेश प्रधान (नेवार) रहेका प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक लोकबहादुर दियालीका अनुसार गएको चैत १८ गते उनले गाउँकी एक युवतीलाई मध्यराति युवतीकै घरमा गएर बलात्कार गरेका थिए। 

बलात्कारपछि फरार भएका उनलाई यही जेठ २७ गते सोलुदूधकुण्ड नगरपालिका ५ सल्लेरी बजारबाट पक्राउ गरिएको हो। 

राति नौ बजे रक्सीले मातेर युवतीको घरमा प्रवेश गरेका युवकले मुख थुनेर डर त्रास देखाउँदै आफूलाई बलात्कार गरेका भन्दै पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन्। 

पक्राउपछि अदालतबाट म्याद थप गरेर उनलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad