राष्ट्रिय सभाको निर्वाचनमा विनियोजन गरिएको बजेटको ५५ प्रतिशत मात्र खर्च भएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि सरकारले चार करोड ३० लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको थियो। त्यसमध्ये दुई करोड ४० लाख ६९ हजार मात्रै खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
राष्ट्रिय सभाका १८ सदस्यका लागि माघ ६ गते सातै प्रदेशमा निर्वाचन भएको थियो। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका थिए। तीनै पार्टीले गठनबन्धन गरेका थिए।
57
Shares

प्रतिक्रिया