राजनीति


उम्मेदवार र मतदाता भेट्न बिहानै मोरङ पुगे बालेन

उम्मेदवार र मतदाता भेट्न बिहानै मोरङ पुगे बालेन

रास्वपाबाट मोरङ १ का उम्मेदवार यग्यमानी न्योपानेसँग बालेन


नेपालखबर
माघ २१, २०८२ बुधबार ७:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार तथा मतदातासँग भेटघाटका लागि बुधबार बिहान मोरङ पुगेका छन्। 

बिहानै मोरङ पुगेका शाहले मोरङ १ का रास्वपा उम्मेदवार अधिबक्ता यग्यमानी न्योपानेसहितसँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ। 

बालेन आज झापाबाट तेस्रो चरणको जिल्ला दौडाहामा निस्कएका हुन्।

पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाडौँ फर्किएका बालेन त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्केका थिए। 

काठमाडौँबाट सोमबार झापा फर्किएका बालेन मङ्गलबार दिनभर आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त भए। 

बुधबार बिहान भने उनले मोरङको उर्लाबारीबाट फरक जिल्लाको यात्रा तय गरेका उनको सचिवालयले जनाएको छ। आज उनले मोरङका विभिन्न पालिकासँगै सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका छन्। 

उनको सचिवालयले बुधबार बिहान मोरङ, सुनसरी र दिउँसो उदयपुरको तालिका सार्वजनिक गरेको छ। 

उर्लाबारीबाट बिहान ७ बजे प्रस्थान गरी पथरी, लेटाङ पुग्ने कार्यक्रम छ। लेटाङबाट ५० मिनेटको यात्रा पछि डायनिया पुग्ने कार्यतालिका रहेको छ। त्यसपछि बालेन विराटनगरको बरगाछी क्षेत्रमा पुग्नेछन्।

विराटनगरबाट दुहबी हुँदै इटहरी पुगेर डेढ घण्टा छलफल गर्ने कार्यक्रम छुट्याइएको बालेनको सचिवालयले जनाएको छ। 

कार्यकर्ता भेटघाट तथा छलफलपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा पुग्ने र त्यहाँबाट साढे १२ बजेपछि बराहक्षेत्रतर्फ लाग्ने तालिका बनाइएको छ। 

बराहक्षेत्रपछि अन्तिम गन्तव्य उदयपुरका तय गरिएको छ। 

बुधबार दिउँसो ४ बजेसम्म उनी उदयपुर पुग्नेछन्। यो क्रममा बालेनले आफ्ना कार्यकर्तासँग भेटघाट उम्मेदवारहरूसँग छलफल तथा मतदातासँग अन्तक्रिया गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad