राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
बुधबार जनकपुरधामा आयोजित एक कार्यक्रममा झाप रास्वपामा प्रवेश गरेका हुन्। उनी धनुषा-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थिए। यो क्षेत्रमा रास्वपाबाट मनिष झा उम्मेदवार छन्।
रास्वपा प्रवेश गर्दै झाले भने, ‘नेपालको इतिहासमा पहिलो पटक मधेशी मूलको व्यक्ति प्रधानमन्त्री बन्ने ऐतिहासिक अवसरमा राष्ट्रिय मुक्ति पार्टीमा रहँदा प्राविधिक र नैतिक रूपमा कठिनाइ हुने महसूस गर्दै मधेशी प्रधानमन्त्री बन्ने बाटोलाई सहज बनाउन सहयोग पुर्याउने उद्देश्यले रास्वपामा प्रवेश गरेको हुँ।’
रास्वपामा प्रवेश गरेका झा मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष पनि हुन्। राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीले उनलाई उम्मेदवार बनाएको थियो।
Shares

प्रतिक्रिया