नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ मा घरदैलो अभियान सुरु गरेका छन्।
सर्लाही ४ नम्बर क्षेत्रमा उम्मेद्वारी दर्ता गरेपछि दोस्रोपटक सर्लाही पुगेका थापा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्थ हुन थालेका हुन्।
थापा पूर्वका जिल्ला हुँदै बुधबार बिहान सर्लाही आइपुगेका हुन्।
बुधबार उनले सर्लाही-४ अन्तर्गत पर्ने बरहथवाको सुचु र हजारियाका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट तथा संवाद गरेका छन्।
यसअघि माघ १२ गते सर्लाही गएका थापा १६ गते साँझ जनकपुर हुँदै काठमाडौँ फर्किएका थिए।
बिहीबार पनि बरहथवा नगरपालिकाकाकै हजारिया, सुन्दरपुर चोहर्वा लगायतका क्षेत्रमा मतदाता भेटघाट कार्यक्रम रहेको कांग्रेसका युवा नेता रघु कार्कीले जानकारी दिए।
सर्लाही ४ मा बरहथवा नगरपालिकाका ७ वटा वडा पर्छन्। यो क्षेत्रमा कांग्रेस सभापति थापासँगै रास्वपाबाट अमरेश सिंह, एमालेबाट अमनिश यादव, नेकपाबाट रजनीश राय, जसपाबाट रामेश्वर राय लगायतका उम्मेदवार मैदानमा छन्।
हेर्नुहोस् थप तस्बिर

























Shares

प्रतिक्रिया