राजनीति


प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको सूची तयार छ: गगन थापा

प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको सूची तयार छ: गगन थापा

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १८:२०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बनेपछि गर्ने कामको सूची तयार पारिसकेको बताएका छन्। 

शुक्रबार सर्लाहीको धनकौलमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सर्लाहीका समस्या सम्बाोधन गर्ने गरी घोषणापत्रमा समावेश गर्ने बताए। सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा समेटिने उनको भनाइ थियो। 

आगामी निर्वाचनबाट सर्लाहीका मात्रै नभएर देशका समस्या समाधान गर्नेगरी जिम्मेवारी दिन आग्रह गरे। ‘सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिनुस्,’ उनले भने। 

देशको नेतृत्व गर्दा गर्ने कामको तयारी गरिसकेको उनको भनाइ थियो। थापाले भने, ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर प्रोजेक्ट गभर्मेन्ट तयार छ।’

प्रधानमन्त्री भएपछि गर्ने कामबारे पनि अध्ययन गरिसकेको उनले जिकिर गरे। ‘प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ,’ थापाले भने, ‘त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ।’

थापा सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। चुनावी प्रचारमा आफ्नो क्षेत्रमा रहेका उनी शुक्रबार काठमाडौँ फर्किएका छन्। 

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्नका लागि उनी काठमाडौँ फकिएको जनाइएको छ। कांग्रेसले फागुन ३ गते घोषणापत्र सार्वजनिक गर्दै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad