राजनीति


राजनीतिक दललाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन (पूर्णपाठ)

राजनीतिक दललाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन (पूर्णपाठ)

नेपालखबर
फागुन ३, २०८२ आइतबार १७:१६, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनलाई लिएर निर्वाचन आयोगले सबै राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। 

आइतबार निर्वाचन आयोगतले पत्रकार सम्मेनल गरी यसबारे जानकारी दिएको छ। निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न दल र उम्मेदवारलाई निर्देशन दिइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। 

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगले १५ दिने प्रचारप्रसारको समय तोकेको छ। निर्वाचनको कार्यतालिकाअनुसार फाल्गुन ३ गते राति १२ बजेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उमेदवारले चुनावी प्रचारप्रसार गर्न पाउनेछन्। 

यो अवधिमा जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममार्फत सामग्री प्रचार गर्न पाइने व्यवस्था गरिएको छ। फागुन १८ गते राति १२ बजेपछि भने ‘मौन अवधि’ सुरु हुने र कुनै पनि प्रकारको प्रचार वा ‘मस्तिष्क मन्थन’ समेत गर्न नपाइने भण्डारीले बताए। 

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उमेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने आयोगको भनाइ छ।

‘आचारसंहिता उल्लंघन गरेको ठहर भएमा उमेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिष्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्नसक्छ,’ आयुक्त भण्डारीले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad