सिंहदरबार क्षेत्रभित्र नयाँ संघीय संसद् भवन निर्माण भइरहेको छ। शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन भवनको अवलोकन गरेका छन्।
अहिलेसम्म भवन निर्माणको काम करिब ८८ प्रतिशत सकिएको जानकारी दिइएको छ। यो भवनको २०७६ असोज १ गते शिलान्यास गरिएको थियो।
संसद् भवनका निर्माणका लागि पाँच अर्ब ६७ करोड २७ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। पाँच पटक म्याद थपिँदा लागत बढेर ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।





















87
Shares

प्रतिक्रिया