राजनीति


बाँकेमा नमुना मतदान

बाँकेमा नमुना मतदान

नेपालखबर
फागुन ११, २०८२ सोमबार ५:१२, नेपालगन्ज

बाँकेमा आइतबार नमुना मतदान अभ्यास गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा मतदान अभ्यास गरिएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन नमूना मतदान अभ्यासले सघाउ पु¥याउने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताए।

निर्वाचन प्रक्रियामा त्रुटि हुन नदिन सहयोग पुग्ने उल्लेख गर्दै उनले विभिन्न मतदान केन्द्रमा निर्वाचन सुरु हुँदादेखि अन्त्यसम्मको प्रक्रियाबारे मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई जानकारी हुने उल्लेख गरे।

शान्ति पूर्ण रूपमा निष्पक्ष निर्वाचन गराउन अपनाइने तरिकाबारे जानकारी दिनु नमुना मतदान अभ्यासको उद्देश्य रहेको शाहीको भनाइ छ।

बाँकेमा १ सय ६० मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको र चरण चरणमा सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई पुनः नमुना मतदान अभ्यासद्वारा प्रशिक्षित गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले मतदान अभ्यास प्रक्रियामा सहजीकरण गरेका थिए।

यस्तो अभ्यास तथा प्रशिक्षण फागुन १४ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad