राजनीति


स्थानीय जनप्रतिनिधिले चुनाव प्रचार गर्न पाउँदैनन्: आयोग

स्थानीय जनप्रतिनिधिले चुनाव प्रचार गर्न पाउँदैनन्: आयोग

नेपालखबर
फागुन ११, २०८२ सोमबार १४:४१, काठमाडौँ

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पारेका छन्।

केही स्थानीय तहका जनप्रतिनिधिहरूले दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै उनले उक्त कार्य आचारसंहिता विपरित भएको बताए। 

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र कुनैपनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था रहेको घिमिरेले स्पष्ट पारे।

उनकाअनुसार निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो स्थानीय तहभित्र कुनैपनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने स्पष्ट उल्लेख छ। सो व्यवस्थाविपरीत क्रियाकलाप नगर्न आयोगले जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ। 

उनले भने, केही स्थानीय तहका जनप्रतिनिधिहरूरुले राजनीतिक दल र उम्मेद्वारहरूको प्रचारप्रसारमा आचारसंहिता विपरित सहभागिता जनाएको भन्ने गुनासाहरू निर्वाचन आयोगमा आएको हुनाले आयोगले यस विषयमा निर्णय गरेर कुनैपनि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्रमा कुनैपनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुनु हुँदैन भन्ने व्यवस्था निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ ले व्यवस्था गरेको छ। सो व्यवस्था विपरित निर्वाचन प्रचारप्रसारमा संलग्न नहुनको लागि त्यस्ता जनप्रतिनिधिहरुलाई आयोगले अनुरोध गरेको छ।’

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका बमोजिम फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था छ। 

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाईका साथ पालना गर्न सबै पक्षलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad