राजनीति


शिक्षक-प्राध्यापकलाई उम्मेदवारको प्रचारमा नलाग्न निर्वाचन आयोगको निर्देशन

शिक्षक-प्राध्यापकलाई उम्मेदवारको प्रचारमा नलाग्न निर्वाचन आयोगको निर्देशन

नेपालखबर
फागुन ११, २०८२ सोमबार १७:३८, काठमाडौँ

निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीलाई कुनै पनि दल र उम्मेदवारको चुनावी प्रचारमा नलाग्न सचेत गराएको छ। 

प्रतिनिधि सभाको निर्वाचनमा शिक्षक, प्राध्यापक र कर्मचारी चुनावी प्रचारमा लागेको भन्ने गुनासो आएको जनाउँदै निर्वाचन आचारसंहिता विपरीत कार्य गरेमा कारबाही गर्ने चेतावनी दिएको छ। आयोगको प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार प्रेस विज्ञप्ति जारी गरी शिक्षक, प्राध्यापक र कर्मचारीलाई सचेत गराएका हुन्। 

आयोगले भनेको छ, ‘शैक्षिक संस्था सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिता विपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदावरको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत गराइन्छ।’

निर्वाचन आचारसंहितामा पनि शिक्षक, प्राध्यापक तथा कर्मचारीले कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ। त्यसको स्मरण गराउँदै आचारसंहिता प्रतिकूल हुने गरी कार्य गरेमा कारबाही गरिने प्रवक्ता भट्टराईले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad